काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा बस्दै आएकामध्ये १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि दुई जना ट्राफिकमा कोरोना संक्रमण पुष्टि भएपछि महाशाखा सील गरिएको थियो । उनीहरुको सम्पर्कमा आएका ३७५ क्वारेन्टाइनमा बसेका थिए ।
उनीहरु घरबिदामा रहेको र घरबाट आएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको महाशाखाले जनाएको छ ।
घर बिदाबाट फर्किएका उनीहरु महाशाखाकै क्वारेन्टाइनमा रहेका थिए । दुई दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।