काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। दुई डीआईजीसहित थप ३७ जनामा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ५५ जना पुगेको छ। यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा ३० जनामा संक्रमण देखिएको छ।
पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमित आक्रमक रुपमा देखा पर्ने गरेका छन् । विज्ञहरुले काठमाडौंको समूदायमा कोरोना फैलिएको भन्दै नियन्त्रणको लागि कडा कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।