काठमाडौं । कोरोना लागेका र नलागेका बिरामीको उपचारका लागि छुट्टाछुट्टै अस्पतालको व्यवस्था गर्न चिकित्सकले सरकारलाई सुझाव दिएका छन् ।
जेनेरल सर्जन डा. उदय कोइरालाले फेसबूकमार्फत सरकारलाई यस्तो सुझाव दिएका हुन् ।
'कोभिड र नन् कोभिड अस्पताल छुट्टाछुट्टै बनाऊ नत्र अस्पतालको नाम मसानघाट राख !! सरकार प्लिज यति त गर !!!' कोइरालाले फेसबूकमा लेखेका छन् ।
हेर्नुहोस्, स्टाटस :
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । प्राय:जसो अस्पतालमा बिरामी तथा कतिपय स्वास्थ्यकर्मीमा समेत कोरोना पुष्टि भइसकेको छ ।