काठमाडौं । नेपालमा मंगलबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मंगलबार थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका हुन् ।
डा गौतमका अनुसार काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुषको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेका एक पुरुषको महाराजगन्जमा मृत्यु भएको छ ।
यसैगरी प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत ६० वर्षे पुरुषको पनि कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी विदेह नगरपालिका–८ का रहेको मन्त्रालयले जनाएको छ।
यसअघि सोमबार थप चार जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।