गोंगबु हत्या प्रकरण : मृतकको पहिचान खुल्यो

गोंगबु हत्या प्रकरण : मृतकको पहिचान खुल्यो

काठमाडौं । हत्या गरेर टोखा नगरपालिका १० नवज्योतिमार्ग गोंगबुमा फालिएका पुरुषको शवको पहिचान खुलेको छ। आइतबार बिहान टाउको, खुट्टा र जीउ छुट्टाएको अवस्थामा दुई स्थानबाट शवका टुक्रा बरामद भएका थिए। तर, उक्त शव कसको भन्ने प्रहरीले छुट्याउन सकेको थिएन।

अहिले भने हत्या गरेर फालिएका व्यक्तिको पहिचान भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। उक्त शव दाङका कृष्णबहादुर बोहराको रहेको प्रहरीले जनाएको छ। बोहराको हत्या गरी टाउको र खुट्टा जेब्रा झोलामा हालेर फालिएको थियोे भने शरीर सुटेकशमा प्याक गरेर फालिएको अवस्थामा भेटिएको थियो।

आइतबार बिहान स्थानीयले झोलामा रगत लतपतिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि अनुसन्धानमा जुुटेको प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन। कसले किन बोहराको हत्या गर्‍यो भन्ने विषय पेचिलो बन्दै गएको छ।