भिक्टोरिया । अष्ट्रेलियाको सबैभन्दा कोरोना प्रभावित राज्य भिक्टोरियामा १ सय ४६ जना नेपालीलाई कोरोना संक्रमण भएको खुलासा भएको छ । अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार जन्मस्थान नेपाल भएका १ सय ४६ जनालाई कोरोना लागेको पुष्टि भएको छ । यसमध्ये ४२ जना निको भइसकेको पनि जनाइएको छ ।
भिक्टोरियास्थित नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यो संख्या सार्वजनिक गरेको हो । विज्ञप्तिमा सुरक्षित रहन र कुनै सहायता आवश्यक परे सम्पर्क गर्न भनिएको छ ।
यसअघि महावाणिज्यदूतको कार्यालयसहित गठन भएको कोरोना विशेष कार्यदलमा ३८ जनाले कोरोना संक्रमण भएको र सहायता आवश्यक रहेको भन्दै सम्पर्क गरेका थिए । जसमध्ये २ जना निको भइसकेका छन् भने ६३ जना कोरोना संक्रमितको निकट सम्पर्कमा भएका कारण सेल्फ आइसोलेसनमा बसेका छन् ।
एमएन टिभीबाट