काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकालाई सर्ट डाउन गर्ने तयारी गरेको छ । अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न लागेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेको छ । सरकारले जिल्ला प्रशासन, सुरक्षा निकाय तथा नागरिकलाई पनि सुरक्षाको उच्च सतर्कता अपनाउन गरेको निर्देशन र संक्रमितको अवस्थालाई हेरेर यो निर्णय गर्न लागेको दाहालले बताए ।
सरकारी कार्यालयबाट हुने अत्यावश्यक बाहेक अरु सेवा तत्कालको लागि रोक्ने र आंशिक रुपमा कार्यालयहरु खोल्ने तयारी गरेको दाहालले जानकारी दिए । अहिले जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका इञ्चार्जहरुको सयुक्त बसिरहेको छ ।