काठमाडाैं । उपत्यकाका तीन जिल्लामा बिहीबार ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाको काठमाडौंमा ७५, ललितपुरमा १० र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा काठमाडौं जिल्लाका २५ जनामा संक्रमण देखिएको हो । त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १५ जना, ललितपुरका दुई जना र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।
वीर अस्पतालमा काठमाडौंका तीन, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका पाँच, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका १३ जनामा संक्रमण देखिएको हो । त्यसैगरी स्टार अस्पताल सानेपामा गारिएको परीक्षणमा काठमाडौंका चार र ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।
विआईडिएच ल्याबमा ललितपुरका ६ जना, ह्याम्स अस्पतालमा काठमाडौंका नौ, ललितपुरका एक र वीरेन्द्र अस्पताल प्रयोगशालामा काठमाडौंका एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
बिहीवार नेपालमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यू भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। एकै दिन पुष्टि भएको यो सर्वाधिक सङ्ख्यामा मृत्यु हो। यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६५ पुगेको छ।
नेपालका विभिन्न स्थानमा बिहीबार थप ३६० जनामा कोभिड(१९ पुष्टि भएको छ। यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,७५० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।