बालिका भेट्टाएको नाटक गर्ने पुष्पाको बालगृहबाट बालबालिका उद्धार, कहाँ राखिएको छ अहिले ?

बालिका भेट्टाएको नाटक गर्ने पुष्पाको बालगृहबाट बालबालिका उद्धार, कहाँ राखिएको छ अहिले ?

काठमाडौंको कपनस्थित केयर बाल गृहबाट बुधवार ११ बालबालिकाको उद्धार गरिएको छ । 

उक्त गृहका सञ्चालकको गतिविधि विवादित भएपछि बुधवार बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को टोलीले उद्धार गरेको हो ।

अहिले ती बालबालिकालाई सरकारले स्थापना गरेको अस्थायी बाल संरक्षण केन्द्रमा राखिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुषालले जानकारी दिए ।

भुषालका अनुसार उक्त गृह कम्पनीमा दर्ता भएको पाइएको छ ।

केही दिन अघि नाटक मञ्चन गरी उक्त संस्थाकी सञ्चालक पुष्पा अधिकारीले चौरमा बालिका भेटिएको भनी प्रचार गरेकी थिइन् ।

विदेशबाट आएकी चितवनकी एक महिलाले बच्चा जन्माएपछि अधिकारीकै नेतृत्वमा चौरमा बालक लगेर छाडी भेट्टाएको भनी प्रचार गरिएको थियो ।