काठमाडौं । रुपन्देही देवदहस्थित क्वारेन्टिनको सुरक्षामा खटिएका सुरक्षा गार्डले आत्मदाह गरेका छन् । देवदह ५, मितेरी टोलका २४ वर्षीय विपिन बस्यालले गएराति शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जलेर सख्त घाइते भएका उनको अस्पताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको हो । उनले यसअघि पनि तीनपटक आत्महत्याको प्रयास गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनलाई स्थानीय नगरपालिकाले क्वारेन्टिनको सुरक्षामा राखेको थियो ।