सिड्नी । सन् २०१७ को जुनमा कार्लटन स्थित अपार्टमेन्टमा एक २१ वर्षीय महिलामाथि यौन हमला गरेको आरोपमा अमेरिकाबाट सिड्नी ल्याइएका नेपाली नागरिक बलराम शिवको मुद्दामाथि न्यु साउथ वेल्सको सर्वोच्च अदालत डार्लिङहस्टमा सोमबार २७ जुलाईबाट सुनुवाई शुरु भएको हो ।
अदालति कारबाही करिव दुई हप्ता सम्म चल्न सक्ने बताईएको छ । गएको बर्ष दक्षिण सिड्नीको सदरल्याण्ड अदालतले शिवको जमानत अस्विकार गरेपछि उनी हिरासतमै थिए ।
अमेरिकामा बस्दै आएका बलराम शिव पर्यटक भिसामा २०१७ मा अस्ट्रेलिया आएका थिए । न्यु साउथ वेल्स प्रहरीका अनुसार शिवले २०१७ को जुन महिनामा काल्टनमा बसोबास गर्ने २१ वर्षिय नेपाली महिलामाथि यौन हमला गरेको आरोप रहेको छ । घटना पछि आरोपित शिव त्यही दिन अमेरिका फर्केका थिए ।