पर्सामा स्वास्थ्यकर्मीसहित थप ४४ जनामा कारोना संक्रमण पुष्टि

पर्सामा स्वास्थ्यकर्मीसहित थप ४४ जनामा कारोना संक्रमण पुष्टि

पर्सा । पर्सामा बिहीबार राति थप ४४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा स्वास्थ्यकर्मी र अस्पतालका सफाइकर्मीसहितका ब्यक्तिमा कारोना संक्रमण पुष्टि भएको हो । 

बिहीबार राति संक्रमण पुष्टि भएका ४४ जनामा १२ महिला र बाँकी सबै पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालका मेसु डा मदन उपाध्यायले जानकारी दिए ।कन्टयाक्ट ट्रेसिङमा दुई जना चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको डा उपाध्यायले बताए । 

उनका अनुसार संक्रमण भएकामा नारायणी अस्पतालका स्टाफ नर्स, आइसियु, मेडिकल र ओपडी विभागमा कार्यरत स्वास्थ्यकर्मी छन् । साथै एडभान्स मेडिकेयर अस्पतालसहित अन्य अस्पतालका स्वाथ्यकर्मीमा समेत संक्रमण देखिएको छ ।