काठमाडौं । नेपालमा बिहीबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार वीरगन्जका २ जना र मोरङका १ जनाको करोनाले मृत्यु भएको पुष्टि भएको हो ।मोरङका ४५ वर्षका पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । उनी हिजो दिउँसो कोशी अस्पतालबाट रेफर गरिएका बिरामी हुन ।
प्रतिष्ठानमा आइपुग्दा ती बिरामी वेहोस् अवस्थामा थिए । प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको थियो । तर उनको हिजो नै मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।