उपत्यकाका तीन जिल्लाका सिडिओहरु बैठकमा, केही स्थान सिल हुन सक्ने

उपत्यकाका तीन जिल्लाका सिडिओहरु बैठकमा, केही स्थान सिल हुन सक्ने

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका सिडिओहरु संयुक्त बैठकमा बसेका छन्। उपत्यकाको विभिन्न स्थानमा कोरोना संक्रमण समुदायमा फैलिएको आशंकामा थप रणनीति तय गनुपर्ने देखिएकोले तीनवटै जिल्लाका जिल्ला अधिकारीहरु संयुक्त बैठकमा बसेका हुन् । 

कोरोनाको उच्च जोखिममा उपत्यका रहेकोले थप रणनीति तय गर्न संयुक्त बैठक बोलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

लकडाउन खुलेपछि काठमाडौं उपत्यकामा संक्रमण दर बढेको छ । निकै भिडभाड हुने अशनका २ जना व्यापारीमा कोरोना देखिएपछि केही पसलहरु सिल गरिएको थियो । बैठकले जोखिम हेरेर उपत्यकाका केही क्षेत्रलाई सिल गर्ने निर्णय गर्न सक्ने स्रोतले बतायो । 

हालै काठमाडौंको महाबौद्ध बस्दै आएका एउटै परिवारका ५ जनामा कोरोना भाइरस संक्रमण  देखिएपछि उनीहरुमार्फत समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ । भारतको सीतामणिबाट नातिनी र छोरी करिब १५ दिनअघि काठमाडौको महाबौद्ध आएको र सावधानी नअपनाउँदा अन्य ३ जनामा कोरोना सरेको थियो ।