काठमाडौं । काठमाडौंमा शुक्रबार कोरोना भाइरसका १० जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा १० जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४०७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
३ हजार ९८७ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा १३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सहित नेपालमा कोरोना पुष्टि हुनेको जम्मा संख्या १८ हजार ३७४ पुगेको छ। संक्रमितमध्ये ४४ जनाको भने निधन भैसकेको छ ।