चौथो पटक महावाणिज्य दूतमा दिपक खड्का

चौथो पटक महावाणिज्य दूतमा दिपक खड्का

अस्ट्रेलिया । अस्ट्रेलियाको न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा चौथो पटक पनि दीपक खड्का नियुक्त भएका छन्।

गत बिहीबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले खड्कालाई पुनस् चार वर्षका लागि महावाणिज्य दूत नियुक्त गर्ने निर्णय गरेको छ । उनले एघार वर्ष महावाणिज्य दूतका रूपमा कुशल भूमिका निर्वाह गरिसकेका छन्  ।

अस्ट्रेलियाको क्यानबेरा स्थित नेपाली राजदूतावासको सिफारिस तथा परराष्ट्रको प्रतिवेदनसँंगै मन्त्रिपरिषद् बैठकले महावाणिज्य दूत नियुक्त गर्ने गरेको छ।  

अस्ट्रेलियाको सिड्नी र  क्यानबेरामा रहेको  क्राउन इन्सिट्युट अफ बिजनेस एण्ड टेक्नोलोजीका संस्थापक र सीईओ  पनि हुन् ।खड्काले जस्वन संघर्षको यात्रा नेपालको ग्रामिण भेग जिरीबाट सुरु गरेका थिए  ।