काठमाडौं । बारा र पर्सामा गरि थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बारामा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरू देवतल गाउँपालिकाको क्वारेन्टाइनका बसिरहेका थिए । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका थप ४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायका संक्रमितमध्ये ३५ जना पुरुष र ११ जना महिला रहेका छन् । कोरोना संक्रमण जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई पनि देखिएको छ ।
संक्रमितहरु बाराको देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका तीन, कलैया उपमहानगरपालिकाका तीन र धनकौलका ६ जना रहेका छन् । संक्रमितलाई कलैयामा रहेको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।
त्यस्तै, पर्साका ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जनाए ।