विश्व नेवाः संगठन पोर्चुगल च्याप्टरले खोकना बुङ्गमती बचाउनका लागि फ्रान्सका राजदूत दीपक अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । पोर्चुगल च्याप्टरका अध्यक्ष गंगाबहादुर नेमकुलले सो ज्ञापन पत्र राजदूत अधिकारीलाई हस्तारण गरेका हुन् ।
खोकना बुङ्गमतीमा स्थानीय आदिवासी नेवाःहरुको सहमतिविना नै उनीहरुलाई भूमिवाट विस्थापित गर्ने काम गरिरहेको र आइएलओ १६९ साथै आदिवासीहरुको अन्तर्राष्ट्रिय मानावअधिकार सम्वन्धी कानुन युएनड्रिपलाई समेत पालना नगरेमा आपत्ति जनाउदै सो ज्ञापन पत्र बुझाइएको हो ।
पोर्चुगलका अध्यक्ष नेमकुलले नेपाल डेलीसँग कुरा गर्दै भने ‘विकासका नाममा विनास गर्ने कुरा कदापी स्वीकार हुँदैन । खोकनाका जनताको आन्दोलनमा हाम्रो पनि एक्यवद्धता छ । म लामो समय देखि नेपालको माटो, नेपाली कला सस्कृति र सम्पदालाई बचाउनको लागि विदेशमा उक्त कुराहरुलाई प्रचार प्रसार गर्दै आएको छु । आज नेपाल उगम स्थल नेवाः सभ्यताको जन्मभूमीमा सरकारले बिनास गरे हामी भोलिका दिनमा के प्रवर्दन गर्ने ? त्यसैले खोकना बचाउँ भन्दै आज हामीले फ्रान्सका राजदूत दीपक अधिकारी र पोर्चुगलका लागि महाबाणिज्यदूत मक्कर बहादुर हमाललाई ज्ञापनपत्र बुझाएका छौं ।’
यसरी नै बेल्जियम, इटाली, अमेरिका, स्पेन, संयुक्त राष्ट्र संघमा समेत ज्ञापन पत्र दिने योजना रहेको विश्व नेवाः संगठनले जानकारी दिएको छ ।