उपत्यकामा भोलिदेखि साझाका  २६ वटा बस चल्ने

उपत्यकामा भोलिदेखि साझाका  २६ वटा बस चल्ने

काठमाडौं । साझा यातायातले बिहीबारबाट काठमाडौं उपत्यकामा सेवा थाल्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले बताए । संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उनले बताए । 

साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि लिएर सेवा दिनेछ । लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् । सरकारले तोकेका सबै मापदण्ड पालना गरिने पाण्डेय बताउँछन् । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ ।

‘बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न पनि आग्रह गर्छौं,’ पाण्डेयले भने । यात्रुको चाप हेरेर रुटहरुमा बस थप्दै लैजाने साझाको योजना छ ।