कोरोना संक्रमणको जोखिम बढेको भन्दै लाइसेन्स वितरण स्थगित

कोरोना संक्रमणको जोखिम बढेको भन्दै लाइसेन्स वितरण स्थगित

काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण स्थगित गरेको छ।

मंगलबार कार्यालयले सूचना जारी गर्दै कार्यालय क्षेत्रमा कोभिड-१९ को उच्च जोखिम रहेको र संक्रमण बढ्दै गइरहेकोले वितरण कार्य स्थगित गरिएको जनाएको हो।

अर्को सूचना नआएसम्म लाइसेन्स वितरण कार्य सुचारू नहुने कार्यालयले स्पष्ट पारेको छ।