काठमाडौं । देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश स्थानमा सोमबार र मंगलबार भारी वर्षाको सम्भावना रहेको छ। सामान्यदेखि पूर्ण बदली हुँदा देशभैर सामान्य वर्षा भएपनि प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।
‘प्रदेश एक, दुई र बागमती प्रदेशका केही स्थानहरुमा सोमबार र मंगलबार भारी वर्षाको सम्भावना छ। तर, गण्डकी प्रदेशका एक-दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना छ,’ जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले भने। आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै जसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का केही स्थामामा भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी र प्रदेश ५ का एकरदुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना छ।
मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै जसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षाको सम्भावना छ। बागमती गण्डकी र कर्णाली प्रदेशका एकरदुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।