अस्ट्रेलिया । कोरोना भाइरसको दोस्रो स्टेजमा पुगेको भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा १ सय ६५ नयाँ संक्रमितहरु थपिएका छन् । यससँगै भिक्टोरिया राज्यमा कोरोना पुष्टि हुनेको संख्या तीन हजार ९८ पुगेको यहाँको स्वस्थ्य विभागले जानकारी दिएको छ।
द्रुत रुपमा फैलिरहेको भाइरस नियन्त्रण गर्न राज्य सरकारले गत बुधबार देखि नै ६ हप्ताको लागि कडा लकडाउन घोषणा गरेको थियो। नेपालीहरुको बाक्लो उपस्थिति रहेको मेलबर्नमा २२१ जना संक्रमितमा ४ जना नेपाली विद्यार्थी पनि परेको भिक्टोरिया एनआरएनले जनाएको छ।
कोरोना संक्रमितहरुले आफ्नो पहिचान गोप्य राखेका छन् । उनीहरु सबैको स्वास्थ अवस्था सामान्य रहेको र घरमै सेल्फ आईसोलसनमा रहेका छन् । उनीहरुलाई आवश्यक पर्ने खाद्यान्न र अरु सहयोग भिक्टोरिया एनआरएनले गर्ने भएको छ।