सिन्धुपाल्चोकमा भीषण बाढी र पहिरो : १८ जना बेपत्ता, २ जनाको शव भेटियो

सिन्धुपाल्चोकमा भीषण बाढी र पहिरो : १८ जना बेपत्ता, २ जनाको शव भेटियो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ जम्बु बजारमा भीषण बाढीसँगै पहिरो जादा १८ जना बेपत्ता भएका छन् ।

अविरल वर्षासँगै बुधबार राति खागदल खोलामा उर्लेर आएको बाढीसँगै माथिबाट पहिरो खस्दा १८ जना बेपत्ता भएको बाह्रबिसे नगरपालिका मेयर निमफुन्जो शेर्पाले जानकारी दिए।

उनका अनुसार २ जनाको शव भेटिएको छ । मध्यराति सबै सुतेका बेलामा अकस्मात उर्लिएको बाढी र त्यो सँगै गएको पहिरोमा परेर २०÷२२ वटा घरमध्ये ३÷४ वटा बाहेक सबै बगाएको छ । घरमा सुतेका धेरैजसो बाढीमा बगेको मेयर शेर्पाले बताए ।

उनले भने अहिलेसम्म हामीले गने अनुसार १८ जना बेपत्ता भएको पाइएको छ । २ जनाको शव भेटिएको छ । बाँकी हामी पनि बुझ्दैछौ । बेपत्ताको खोजी र उद्धारको काम भैरहेको उनले बताए ।

प्रहरीको टोली केहिबेरअघि मात्रै घटनास्थलमा पुगेको छ । घटनाको विवरण संकलन गर्ने काम भइराखेकाले यति ने बेपत्ता भएका छन् भन्न सकिने अवस्था नभएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बाढीले त्यहाँको पक्की पुलसमेत बगाएको छ । जुरे, बाह्रबिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ ।