मेलबर्न । नेपाल वायुसेवा निगमको वाईड बडी जहाज आर ए ४१३६ ले अस्ट्रेलियामा रोकिएका २२० जना नेपालीहरुलाई लिएर मेलबर्नबाट उडेको छ । यो नेपाली विमानको पाचौं अष्ट्रेलिया चार्टर्ड उडान हो । यस अघि २३ जुनमा नेपाली विमान चढेर सिड्नीबाट २५९ जना नेपाली स्वेदश फर्किसकेका छन् ।
यसअघि ब्रिजवेन, सिड्नी र क्यानवेरा आएको नेपाली विमानले काठमाडौंबाट अष्ट्रेलियाका नागरिकको उद्दार गरेको थियो । यसअघि खाली फर्किएको विमान यसपाली नेपाली लिन काठमाडौंबाट खाली नै आएको हो । नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई उडान गर्ने सहमति भईसकेका बेला उद्दारका लागि गरिएको चार्टर्ड उडानलाई ट्रायल डेमो रुपमा हेरिएको छ ।
नेपाल फर्कने यात्रुहरुले अनिवार्य पीसीआर टेष्ट गरेर नेगेटिभ नतिजा आएको प्रमाण पेश गर्नुपर्नेछ । मेलबर्नमा पहिलो पटक नेपाल एयरलाईन्सको विमान आएको हो । काठमाडौंबाट सिधै मेलबर्न आउने विमान फर्कदा भने मलेसियाको क्वालालम्पुर हुँदै काठमाडौं जानेछ ।