पाल्पा । कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना सङक्रमणबाट मुत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालयले पाल्पाले जनाएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार शव व्यवस्थापन गर्ने कार्यमा खटिएका नेपाली सेनाका २ व्यक्ति रहेका छन । संक्रमण देखिएका ३३ र ३४ वर्षका व्यक्ति हुन् ।
पन्थीका अनुसार सुरक्षित रुपमा नै शव व्यवस्थापन भैरहेको समयमा ठुलो पानी परिकाले कतै र्याल चुहिएको कारण संक्रमण भएको हुनसक्छ । उनीहरुको स्वास्थ्य कार्यालयले स्वाव संकलन गरेर परिक्षणका लागि पठाएको थियो ।
शव व्यवस्थापन भएदेखि नै उनीहरुलाई आइशोलेशनमा राखिएकोले समुदाय सुरक्षित रहेको हुँदा चिन्ता लिनु नपर्ने सुचना अधिकारी पन्थीले बताए ।