स्याङ्जाका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

स्याङ्जाका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार गए राति ११ : ५५ मा उनको मृत्यु भएको हो ।

मृतक ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।

कोरोना भाइरस पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भई रहेको छ ।