काठमाडौं । भारत हरियाणा अंबालाका एक कोरोना संक्रमितले अस्पतालमा आत्महत्या गरेका छन् । संक्रमितले आफु उपचाररत अस्पतालको बाथरुममा आत्महत्या गरेका थिए ।
यमुनानगरस्थित जगाधरी सेक्टर १७ मा बस्दै आएका संक्रमितले कोरोनाको डरले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
प्रहरीका अनुसार आत्महत्या अगाडि ति संक्रमितले आफ्ना आफन्तलाई एक सन्देश छोडेको पाईको छ । सन्देशमा आफ्नो अन्तिम संस्कारको समयमा १० फिट टाढा रहनु भन्ने उल्लेख थियो ।
संक्रमण पुष्टि भएपछि आफन्तलाई भेट्न नपाएका उनले ५ जना आफन्तलाई सो बेहोराको सन्देश मोवाइलबाट पठाएका थिए ।