जडिबुटीकाे प्रयाेगबाट नेपालमै बन्याे कोरोना खोप !

जडिबुटीकाे प्रयाेगबाट नेपालमै बन्याे कोरोना खोप !

हेटौँडा । कोभिड–१९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् ।

जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास तीन महिनादेखि जुटेेेेका छन् ।

विश्वव्यापी रूपमा कोरोना महामारी बढ्दै गएपछि डा. दासले चैतबाट नेपालमा पाइने जडीबुटी प्रयोग गरी खोप अध्ययन थालेेेेका हुन् ।

हेटौँडा क्याम्पसको प्रयोगशालामा खोप अध्ययन गरिरहेका डा. दासले भने, “कोरोना भाइरसविरुद्ध केही एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडीबुटी लिएर शोध गरी खोप तयार गरेको छु । ”

उनले कोरोनाको सङ्कटमा विश्व फसिरहेको बेला योगदान गर्नुपर्छ भनेर थालेको अनुसन्धानमा सफलता पाएको दाबी गरे।

उनले भने, “प्रयोगशालाको काम पूरा भएको छ, मैले गरेको खोज र अनुसन्धान विश्वविद्यालय र नेपाल सरकारको सम्पत्ति भइसकेको छ । अब थप अनुसन्धान राज्यको हो । ”

उनले आफ्नो अनुसन्धानको परीक्षण कोरोना सङ्क्रमितमा गर्न बाँकी रहेकाले त्यो परीक्षणका लागि सरकारसँग आग्रहसमेत गरे । गाेरखापत्र दैनिकमा खबर छ ।