काठमाडौं । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले पछिल्लो समय स्वास्थ्यकर्मी तथा कोरोना रोकथाममा खटिएका कर्मचारीमाथि हुने गरेको आक्रमण र अपहेलनाप्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ । स्वाथ्यकर्मीलगायत कोरोना महामारी रोक्न अग्रपंङ्तीमा खटिएका कर्मचारीहरुको कामको उच्च प्रशंसा गर्दै यूनियनले उनीहरुलाई हौसला दिनुपर्ने अवस्थामा उल्टै अपहेलना र आक्रमण हुने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।
हालै डोटीमा कार्यरत अहेव रमेश कुवँर, बैरिया मदरसा क्वारेन्टाइनमा कार्यरत स्वास्थ्य संयोजक खुर्सेद आलमलगायत ३ स्वास्थ्यकर्मी र भैरवी गाउँपालिका ४को क्वारेन्टाइनमा कार्यरत प्रशासकिय अधिकृत हिरा सिंह धामीमाथि सांघतिक हमला भएको थियो ।
कोरोना नियन्त्रणमा खटिएका स्वाथ्यकर्मी तथा कर्मचारीको निशुल्क उपचार गर्न र सुरक्षाको प्रबन्ध मिलाउन पनि यूनियनले सरकारसँग माग गरेको छ ।