धमाधम पसल खुल्न थालेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी छलफलमा, व्यवसायीलाई पनि बाेलाइयाे

धमाधम पसल खुल्न थालेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी छलफलमा, व्यवसायीलाई पनि बाेलाइयाे

काठमाडौं । व्यापारीहरुले बजार तथा पसल खोल्ने एकतर्फी निर्णय गरेपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको अपर्झट बैठक बिहीबार बाेेेलाइएकाेे छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बाेलाइएकाे हो।

पसलहरु एकतर्फी रुपमा खुलेपछि काठमाडौंका सीडीओको आह्वानमा संयुक्त बैठक केहीवेर अघि सुरु भएकाे छ ।

व्यापारीहरुले गरेको निर्णयकै विषयमा केन्द्रित रहेर छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

उक्त छलफलमा व्यापारमा संलग्न व्यक्तिहरुलाई पनि बाेलाइएकाे छ ।