कोरोना पुष्टि भए पनि अन्य रोगले मृत्यु भएको स्पष्ट भएमा कोरोना नमानिने, सरकारले संशोधन गर्‍यो शव व्यवस्थापन कार्यविधि

कोरोना पुष्टि भए पनि अन्य रोगले मृत्यु भएको स्पष्ट भएमा कोरोना नमानिने, सरकारले संशोधन गर्‍यो शव व्यवस्थापन कार्यविधि

काठमाडौंः अब अन्य रोगले कोही व्यक्तिको मृत्यु भएमा कोरोनाबाट मृत्यु भएको नमानिने भएको छ । कोरोना संक्रमण पुष्टि भए पनि त्यस्ता मृतकलाई उक्त सूचीमा राखिने छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

नेपालमा मृत्यु भएका ९ मध्ये ८ को मृत्युपछि कोरोना पुष्टि भएको छ । दोलखा एक वृद्धाको भने मृत्युअघि कोरोना पुष्टि भएको थियो । तर उनको पनि जटिल शल्यक्रिया भएको थियो ।  

संशोधनमा भनिएको छ, ‘कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ का क्लिनिकल लक्षण तथा चिन्ह र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसहरूलाई भन्ने बुझ्नु पर्दछ। कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधि बीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ। कोभिड १९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन ।’ 

पढ्नुस् कार्यविधि