कैलाली – ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ । कैलालीको चुरे गाउँ पालिका वडा नं. ५ भासु बजारमा बस्दै आएका वर्ष ४५ का गणेश औजीलाई मंगलबार राती साढे १० बजे सहजपुरको जंगलबाट भागिरहेको अबस्थामा पक्राउ गरेको हो ।
निजको बारेमा गत जेठ १७ गते राती प्रहरीमा उजुरी परेपछि उनी फरार रहेका थिए । मंगलबार राती सहजपुर जंगलबाट भागिरहेको अवस्थामा बिश्वकर्माको टोलीले घेराहाली पक्राउ गरिएको हो । पीडितका अनुसार गणेशले भासु जंगलमा रुखमा हात खुट्टा बाँधेर र घरमै समेत बलात्कार गरेको आरोप छ ।
बालिकालाई कसैलाई खबर गरेमा मार्ने धम्कि समेत दिंदै आएका थिए । यस्तै हर्कतका कारण निजलाई कुनै पनि ठाउँ बाट २ वा ३ महिना पछि स्थानीयले धपाउने गरेको पीडित बताउँछिन । निजलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कायार्लय कैलाली पठाउने ईलाका प्रहरी प्रमूख ईन्सपेक्टर माधव बिश्वकर्माले बताए ।