काठमाडौं : अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमा नाराबाजी गर्दै प्रवेश पत्र जलाएका छन् ।
नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिस्कार गरेका हुन् । बिहीबारबाट परीक्षा हुँदैछ । यसअघि पनि चितवन मेडिकल कलेजका विद्यार्थीहरुले अतिरिक्त शुल्क फिर्ताको माग गर्दै बिभिन्न ह्याली सहित आन्दोलन समेत गरेका थिए ।