काठमाडौं । कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा फिल्डमै खटिनुपर्ने नेपाली सञ्चार गृहमा कार्यरत फोटोपत्रकारहरु पनि बढि जोखिममा रहेका छन् । फिल्डमा खटिएर जोखिम मोल्नुपर्ने पेशागत बाध्यतालाई फोटो पत्रकारहरुले समाज, राष्ट्र र आम मानवजाति प्रतिको जिम्मेवारीका रुपमा सहर्ष वहन गरिरहेका पनि छन् । यस अबस्थामा नागरिकलाई सुसुचित गर्नुपर्ने जिम्मेवारी बोकेका फोटोपत्रकारहरु आफै सुरक्षित रहनु पनि आवस्यक छ ।
कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका फोटोपत्रकारहरु सुरक्षित रहनका लागि हिलसाईड कलेज अफ ईन्जिनीयरिङ्गका प्रबन्ध निर्देशक तथा नागरिक हेल्थ ट्रष्टका अध्यक्ष गोपीकृष्ण न्यौपानेले फोटोपत्रकारहरुका लागि ७० थान केएन ९५ मास्क र नेपाली काग्रेका सांसद तथा सुमी फर्मासिटिकल्सका निर्देशक कर्मा घलेले २०० पिस स्यानेटाईजर फोटोपत्रकार क्लबलाई हस्तान्तरण गरेका छन् ।
यस विषम परिस्थितीमा जोखिम मोलेर आफ्नो कर्तब्य निवार्ह गर्दै अग्रपंक्तिमा खटिई समाज, राष्ट्र र आम मानवजातिप्रतिको जिम्मेवारी खरो रुपमा वहन गरिरहेका फोटोपत्रकारहरुलाई कलेजको तर्फबाट सानो सहयोग गर्न पाउदा खुशी लागेको हिलसाईड कलेजका प्रबन्ध निर्देशक तथा नागरिक हेल्थ ट्रष्टका अध्यक्ष गोपीकृष्ण न्यौपानेले बताए ।
सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सिद्धान्तलाई समेत वेवास्था गर्दै नेपाली फोटोपत्रकारहरुले सञ्चारकर्मको उदाहरणीय नमुना पेश गरिरहेका फोटोपत्रकारहरुको मनोबल कायम राख्न सुमी फर्मासिटिकल्सले सहयोग गरेको बताउदै सांसद कर्मा घलेले जोखिमको घडीमा काम गर्ने फोटोपत्रकारहरुको मनोबल उच्च राख्न र सुरक्षित रही काम यसले प्रत्सोहान गर्ने बिश्वास व्यक्त गरे ।
प्राप्त सामाग्रीहरु अग्रपंक्तिमा खटिएका ७० जना फोटोपत्रकारहरुलाई नै वितरण गरिएको छ ।