काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमतिको संख्या २३ पुगेको छ । कर्णाली प्रदेशमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएसँगै २३ पुगेको हो । शान्ति सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी बोकेको प्रहरीमा कोरोना संक्रमण देखिएसँगै तल्लो तहमा त्यसको असर पर्नसक्ने बताइएको छ ।
प्रहरी प्रवक्ता डीआईजी निरज शाही उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिएको बताउँछन् । उनका अनुसार हालसम्म बारामा ७, कपिलवस्तुमा २, बाँकेमा १, धनुषामा ३, सप्तरीमा २, सिराहामा २, कर्णाली प्रदेशमा २ र काठमाडौंमा २ जना गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता शाहीका अनुसार काठमाडौंमा संक्रमण देखिएका दुई प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् भने २१ जना आइसोलेसनमा छन् ।