क्यासिनो शैलीमा जुवा खेल्ने उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ

क्यासिनो शैलीमा जुवा खेल्ने उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ

काठमाडौं । लकडाउनको मौकामा जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका व्यक्तिहरु काठमाडौंबाट पक्राउ परेका छन् ।कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

निक्की होटल सन्चालक हुन् । रामचन्द्र सांघाइ ग्रुपका एमडी र अशोक विशाल ग्रुपका एमडी हुन् । उनीहरुको साथबाट २ लाख ७७ हजार नगद र केही क्वाइनहरु बरामद भएको छ । 

क्वाइन र चिप्सहरु प्रयोग गरेर उनीहरु क्यासिनो शैलीमा जुवा खेलेको पाइएको प्रहरीले जनाएको छ ।