र काेराेना निको भएपछि उनीहरु अस्पतालबाट नाच्दै गाउँदै घर फर्किए....

र काेराेना निको भएपछि उनीहरु अस्पतालबाट नाच्दै गाउँदै घर फर्किए....

रुपन्देही। भैरहवास्थित भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भएपछि नाच्दै गाउँदै घर फर्किएका छन्। योसँगै अस्पतालमा उपचाररत संक्रमितको संख्या शून्य भएको छ।

डिस्चार्ज भएर घर फर्किने क्रममा अस्पताल परिसरमा उनीहरु झुमेर नाचेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। फ्रन्टलाइनमा रहेर संक्रमितको उपचार गरेका केही चिकित्सकले पनि नाचगानमा साथ दिएका थिए।

डिस्चार्ज भएकाहरुलाई प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, जनप्रतिनिधि र स्वास्थ्यकर्मीले खादा ओढाएर पुष्पगुच्छा दिएर बिदाइ गरेका थिए।