काठमाडाैं । २०५८ सालकाे त्याे दिन अर्थात जेठ १९ । जुन दिन नेपालीहरुले प्रिय मानेका र ठानेका तत्कालिन राजा विरेन्द्र शाहकाे सम्पूर्ण परिवारकै हत्या भयाे ।
उच्च सुरक्षाघेरका बीचमा रहेका राजपरिवारकाे दरबारभित्रै कसले हत्या गर्याे भन्ने अझै सम्म कसैले पत्ता लगाउन सकेका छैनन् ।
पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।
दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेर पछि आफैलाई गोली हानेको भनी छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।
त्यसपछि कतिले राजा ज्ञानेन्द्रले आफ्ना दाजुकाे वंश नास गर्ने याेजना बुनेकाे आराेप पनि लगाए । तर त्यसकाे रहस्य इतिहासकै गर्भमा छ ।
विरेन्द्र नेपालका दशौं शाहवंशीय राजाका रूपमा थिए ।
देशमा राजतन्त्र अन्त्य भएर गणतन्त्र आएपनि आम नेपालीले भने स्वर्गीय राजा विरेन्द्रलाई सधैं सम्झिरहने गरेका छन् । राजनीतिक व्यवस्थामा परिवर्तन भएपनि आस्थामा परिवर्तन हुन सक्दैन । सायद त्यसैले पनि हाेला राजा विरेन्द्रका कुरा हरेक नेपालीका घर घरमा सुनिन्छ ।
शान्तिप्रेमी राजाका रुपमा चिनिने राजा विरेन्द्रको वंशनाश भएको जेठ १९ गतेकाे दिनलाई नेपाली जनताले अहिलेपनि कालोदिनका रूपमा सम्झिरहेका छन ।
आज त्यही कालाे दिन लकडाउनका बीच पनि नेपालीहरुले आफ्ना प्रिया राजा सम्झिरहेका छन् ।
हेराैं सबैका प्रिय स्वर्गीय राजा विरेन्द्रका केही स्वर्णीम तस्बिरहरु ।