गण्डकी प्रदेशमा थपिए ३ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए ३ जना कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप तीन जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आइतवार स्याङ्जाको गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका २ जना पुरुष रहेका छन् ।

यस्तै, तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २८ वर्षका १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।