घुस लिने सर्वोच्च अदालतका कर्मचारीविरुद्ध मुद्दा

घुस लिने सर्वोच्च अदालतका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं : सर्वोच्च अदालतका नायब सुब्बा सुधीरकुमार खड्काविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । सर्वोच्चमा दर्ता निवेदनको विषयलाई लिएर मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धुरौटीमा छुटाइदिने खड्काको आश्वसन दिएका थिए ।

त्यकालागि उनले २ लाख ५० हजार रुपैयाँ मागेको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगत आरोप–पत्र दायर गरेको हो ।