गर्भवती महिलाले चार दिनमै जितिन कोरोना भाइरसलाई

गर्भवती महिलाले चार दिनमै जितिन कोरोना भाइरसलाई

हेटाैँडा । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उनमा सङ्क्रमण निको भएको हो ।

कोरोना सङ्क्रमणको आशङ्कामा गत वैशाख ९ गते हेटौँडामा गरिएको परीक्षणका आधारमा एक सातापछि पुनःस्वाब सङ्कलन गरी दुईपटकसम्म परीक्षण गरिएको उनले जानकारी दिए ।

भरतपुर अस्पताल कोभिड– १९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले सङ्क्रमित महिलामा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाले पुष्टि भएको चार दिनमा नै निको भएको बताए । यही जेठ १४ गते सङ्क्रमण पुष्टि भएकाे थियाे । उनी गर्भवती रहेकाे थाहा पाउनसाथ उनलाई भरतपुर अस्पताल पठाइएको थियो ।

उनलाई आइतबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको डा पौडेलले जानकारी दिए । उनी र उनका श्रीमान् भरतपुर महानगरपालिका वडा नं १२ मा बस्दै आएका थिए । उनीहरु बस्ने घरका घरधनीको पनि स्वाब परीक्षणका क्रममा नेगेटिभ आइसकेको छ ।