गुल्मी : इस्मा गाउँपालिकाले बुधबार शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार कुलपुजाको लागि हिँडेका इस्मा गाउँपालिका–४ र ५ वडाका १४ जनाको दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले एक दिन शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए ।