कञ्चनपुरमा लघुवित्तिय संस्थाको कार्यालय अगाडि बिष्फोट

कञ्चनपुरमा लघुवित्तिय संस्थाको कार्यालय अगाडि बिष्फोट

कञ्चनपुर : कञ्चनपुरको पुर्नवास नगरपालिका ३ मा रहेको स्वदेशी लघुवित्तिय संस्थाको कार्यालय अगाडि गएराती विष्फोटक पदार्थ बिस्फोट गरीएको छ ।

विष्फोटक पदार्थ बिस्फोटन गरीए पनि सो वित्तिय संस्थामा भने कुनै किसिमको क्षति नभएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक वकिलबहादुर सिंहले बताए ।

उनका अनुसार घटना स्थलबाट १५ मिटर तार, तीन थान सानो ब्याट्री र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह निकटको थारूवान जनपरिषद् समिति कञ्चनपुरको पर्चा बरामद गरिएको छ। बिष्फोटक पदार्थ पडकाउनेहरुको खोजी भैरहेको उनले बताए ।