....र काम नपाएपछि उनले सडकमै अन्तिम सास फेरे

....र काम नपाएपछि उनले सडकमै अन्तिम सास फेरे

काठमाडौं। कीर्तिपुरकाे सडकमा भरियाकाे काम गर्दै आएका एक व्यक्ति मृत फेला परेका छन् । आइतबार कीर्तिपुर–१० स्थित मंगल बहुमुखी क्याम्पस अगाडिको सडकमा धादिङका सूर्यबहादुर तामाङ मृत भेटिएका हुन् ।

लामाे समयदेखि तामाङ कीर्तिपुरमा भरियाकाे काम गर्दै आएकाे कीर्तिपुर १० का वडाध्यक्ष अमन महर्जनले बताए । उनकाे हातमा भारी बाेक्ने नाम्लाे पनि सँगै रहेकाे थियाे ।

लकडाउन सुरु भएयता उनकाेा दैनिकी निकै कष्टकर बनेकाे थियाे । काम पनि नभएपछि उनी विभिन्न संघ संस्थाले दिएकाे खाना खाएर गुजारा गरिरहेका थिए भने भाडा तिर्ने पैसा नभएर कीर्तिपुरकै सडकमा पेटी र विभिन्न पाटीहरुमा सुत्ने गरेका थिए ।

उनकाे काेही आफन्त नभएकाे कुरा थाहा पाएपछि प्रहरीले आइतबारनै उनकाे पाेष्टमार्टम गरेकाे छ ।