काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताएका छन् ।
ईदका अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन आग्रह गरेका छन् ।
'यस्ता पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने उनकाे विश्वास छ,' उनले भनेका छन् ।
यसबाहेक उनले देशका विभिन्न राजनीतिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहेकाे भन्दै लाेकतन्त्रकाे रक्षार्थ मुस्लिम समुदायले खेलेकाे भूमिकाकाे पनि प्रशंसा गरेका छन् ।