नवलपुर : नेपाल प्रेस युनियन पूर्वी नवलपरासी शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ । आज बसेको जिल्ला शाखाको बैठकले उक्त पुरस्कार नेपाललाई प्रदान गर्ने निर्णय गरेको युनियनका जिल्ला सभापति विरेन्द्र पराजुलीले जानकारी दिए ।
पुरस्कार मङ्सिर २० गते एककार्यक्रमकाबिच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदान गर्ने बताइएको छ । उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । युनियनले हरेक वर्ष पत्रकारिता क्षेत्रमा योगदान गरेका मध्य एक जनालाई पुरस्कार दिने गरेको छ ।
प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्व. सूर्यभक्त अधिकारी र उहाँकी धर्मपत्नी पतना देवी अधिकारी को स्मृतिमा मृत्युपर्यन्त उनका छोरा काङ्ग्रेस नेता मदनभक्त अधिकारीले पुरस्कार राशिको स्थापना गरेका हुन् ।