खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाकी रुपा विजयी

खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाकी रुपा  विजयी

१५ मंसिर, हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की रुपा शाही विजयी भएकी छन् ।

उनले नेपाली कांग्रेसकी तारा शाहीलाई ६९ मतान्तरले पराजित गरेकी हुन् । रुपाले एक हजार ४५४ मत ल्याइन् भने ताराले एक हजार ३८५ मत पाइन् ।