अमेरिकाबाट नेपाली स्वास्थ्यकर्मीलाइ मास्क सहयोग

काठमाडौँ : स्थानीय तहले स्थापना गरेका हेल्थ डेक्सका स्वास्थ्यकर्मीलाइ अमेरिकाबाट सर्जिकल माक्स सहयोग प्राप्त भएको छ । यहाँस्थित बुढीगंगा नगरपालिका–१ कुँडी घर भइ अमेरिकामा नर्सिङ्ग पेशामा कार्यरत भाग्यश्वर सिंहले एक हजार ८०० माक्स सहयोग गर्नु भएको हो । उहाँले ४० हजार बराबरको एक हजार ८०० सर्जिकल मास्क सहगोग गर्नु भएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा एमबिबिएस अध्ययनरत विद्यार्थी धनेन्द्र शाहीको समन्वयमा अमेरिकाबाट भाग्यश्वरीले सहयोग गर्नुभएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले जानकारी दिनुभयो । सिंहले आफ्नो पारिश्रमिकबाट आएको केही रकमले स्वास्थ्यकर्मीलाइ सो सहयोग गर्नुभएको हो । सर्जिकल माक्स बुढीनन्दा नगरपालिकामा चार सय, स्वामिकार्तिक खापर गाँउपालिकामा तीन सय, जगन्नाथ गाँपालिकामा तीन सय, हिमाली गाँउपालिका तीन सय हस्तान्तरण गरिएको छ ।

त्रिवेणी नगरपालिकामा तीन सय र बुढिगंगा नगरपालिका–१ धुरालसैनमा रहेको स्वास्थ्य केन्द्रलाइ दुइ सय मास्क हस्तान्तरण गरिएको छ । जिल्लामा हाल २१ हेल्थ डेस्क, १५ क्वारेन्टाइन र २ वटा आइसोलेसन कक्ष भएपनि अधिकांशमा मास्क नभएको पाइएको थियो ।