पार्टी फुटाउने कसरत प्रधानमन्त्री ओली वामदेव सँग र प्रचण्ड पूर्व माओवादी सँग छलफल गर्दै

पार्टी फुटाउने कसरत प्रधानमन्त्री ओली वामदेव सँग र प्रचण्ड पूर्व माओवादी सँग छलफल गर्दै

काठमाडौँ : अहिले दुबै नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड बिच पार्टी फुटाउने कसरत चलिरहेको छ । सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तरंग पैदा भएको छ ।

पूर्व माओवादी खेमाका मन्त्रीहरु लकडाउनको समयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओली भने पूर्व माओवादी खेमाका मन्त्रीहरुले अध्यक्ष दाहालसँग छलफल गरिरहँदा पार्टीका उपाध्यक्ष वामदेव गौतमसँग छलफलमा व्यस्त थिए । आज बसेको मन्त्रिपरिषद बैठक सकिनेबित्तिकै ओलीले गौतमलाई फोन गरेर बालुवाटार बोलाएका थिए । उनीहरुबीच मन्त्रिपरिषद बैठकले गरेको पछिल्लो निर्णयबारे छलफल भएको स्रोतको दाबी छ ।

यसअघि पार्टी विभाजन गरी नयाँ दल दर्ताका लागि पार्टीको संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था थियो ।