जेनेभा : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख नाघेको छ । संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरण अनुसार सोमबार मध्यान्हसम्ममा अमेरिकामा ४० हजार ५६५ जनाको मृत्यु भएको छ । एएफपीका अनुसार विगत २४ घण्टामा अमेरिकामा मात्र १ हजार ९९७ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि अमेरिकामा १ हजार ८९१ जनाको ज्यान गएको थियो । अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियमहरु लागू गरिए पनि संक्रमितको संख्या र मृत्यु दर दुबैमा अझै कमी आएको छैन ।
मानिसहरु सडकमा उत्रिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पुनः खुला गर्न विभिन्न निर्देशिकाहरु राज्यका गभर्नरलाई सुझाए पनि लकडाउन खोल्ने बारेमा स्पष्ट भइसकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राज्यका गभर्नरहरुले लकडाउन खुकुलो बनाउन पर्याप्त ध्यान नदिएको भन्दै तिखो आलोचना गर्नु भएको छ । बन्दाबन्दीको अवस्था लम्बिएसँगै हजारौं अमेरिकीहरुले राज्यका आदेशलाई बेवास्ता गर्दै सडकमा उत्रिएका छन् ।
वासिङटन राज्यमा दुई हजारभन्दा बढी मानिसहरुले सामाजिक दूरी कायम राख्नुपर्ने नियमको बेवास्ता गर्दै राज्यको राजधानीमा प्रदर्शन गरेका छन् । उनीहरुले लकडाउन जतिसक्दो चाँडो खोल्न गभर्नरसँग आग्रह गरेका थिए । डेन्भरमा बन्दाबन्दीको विधि कोविड–१९ भन्दा खराब रहेको प्लकार्ड सहित सहभागीहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीका अनुसार बन्दाबन्दीले अमेरिकी अर्थतन्त्रमा ठूलो नोक्सान भएको र २ करोड २० लाख मानिस रोजगारविहीन भएका छन् ।
कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्क राज्यमा मात्र १८ हजारभन्दा बढीको ज्यान गएको छ । न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले मृतकको संख्यामा विस्तारै कमी आउन थालेको बताउनु भएको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्प र गभर्नरहरुबीच स्वास्थ्य परीक्षणमा भएको ढिलासुस्तीप्रति आरोप्रत्यारोप पनि जारी छ । गभर्नरहरुले पर्याप्त स्वास्थ्य परीक्षण गर्न नसकिएको गुनासो गरेका छन् भने राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसका नाममा गभर्नरहरुले राजनीति गरिरहेको दोषारोपण गर्नु भएको छ ।
ट्रम्पले डेट्रोइट, न्यू अर्लियन्स र ह्युस्टनजस्ता शहरहरुमा कोरोना संक्रमण व्यापक रुपमा घटेको प्रमाणित भइसकेको जनाउँदै “हामी जतिसक्दो चाँडो हाम्रो मुलुकलाई खुला गर्दैछौं” भन्नुभयो । अमेरिकामा लकडाउन अन्त्य गर्न प्रदर्शन भइरहे पनि कोरोनासँग संघर्षरत युरोपेली मुलुकहरुमा कतै लकडाउन र आपतकालको अवधि बढाइएको छ भने डेनमार्क, स्वीडेन जस्ता केही मुलुकले प्राथमिक विद्यालयहरु खोलेका छन् । कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटली, स्पेन, फ्रान्स, बेलायत जस्ता समृद्ध मुलुकमा केन्द्रित छ ।
नेपाली कामदारको संख्या निकै बढी रहेको कतारमा कोरोनाभाइरसबाट कूल संक्रमित व्यक्तिको संख्या ५ हजार ४४८ पुगेको छ । कतार समाचार एजेन्सी (क्युएनए) का अनुसार पछिल्लो पटक ४४० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा हालसम्म ८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । कतारमा ६२ हजार ५३८ जनाको कोरोना संक्रमणको परीक्षण गरिएको छ । सरकारले कतारमा जारी लकडाउनलाई सम्मान गर्न आमजनतालाई आग्रह गरेको छ ।
कोरोना अपडेटः संक्षिप्त विवरण
Country, Other | Total Cases | New Cases | Total Deaths | New Deaths | Total Recovered | Active Cases | Serious, Critical | Tot Cases/ 1M pop | Deaths/ 1M pop | Total Tests | Tests/ 1M pop |
---|---|---|---|---|---|---|---|---|---|---|---|
World | 2,414,098 | +7,523 | 165,153 | +122 | 629,390 | 1,619,555 | 54,216 | 310 | 21.2 | ||
USA | 764,265 | 40,565 | 71,012 | 652,688 | 13,566 | 2,309 | 123 | 3,861,596 | 11,666 | ||
Spain | 198,674 | 20,453 | 77,357 | 100,864 | 7,371 | 4,249 | 437 | 930,230 | 19,896 | ||
Italy | 178,972 | 23,660 | 47,055 | 108,257 | 2,635 | 2,960 | 391 | 1,356,541 | 22,436 | ||
France | 152,894 | 19,718 | 36,578 | 96,598 | 5,744 | 2,342 | 302 | 463,662 | 7,103 | ||
Germany | 145,743 | +1 | 4,642 | 91,500 | 49,601 | 2,889 | 1,740 | 55 | 1,728,357 | 20,629 | |
UK | 120,067 | 16,060 | N/A | 103,663 | 1,559 | 1,769 | 237 | 482,063 | 7,101 | ||
Turkey | 86,306 | 2,017 | 11,976 | 72,313 | 1,922 | 1,023 | 24 | 634,277 | 7,521 | ||
China | 82,747 | +12 | 4,632 | 77,084 | 1,031 | 81 | 57 | 3 | |||
Iran | 82,211 | 5,118 | 57,023 | 20,070 | 3,456 | 979 | 61 | 341,662 | 4,068 | ||
Russia | 47,121 | +4,268 | 405 | +44 | 3,446 | 43,270 | 8 | 323 | 3 | 2,050,000 | 14,047 |